जेठ,१४/ लिभरपुलका गोलकिपर लोरिस कारियसका लागि युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल म्याच आफ्नो करिअरकै सबैभन्दा खराब बन्न पुग्यो । गत शुक्रबार राति रियल मड्रिडविरुद्धको उक्त म्याचमा उनको गम्भीर दुई त्रुटीका कारण लिभरपुल पराजित हुन पुग्यो । सोही खेलमा उनको खराब प्रदर्शनका कारण सामाजिक सञ्जालमा चर्को टिप्पणी भइरहेको छ । फेसबुक, ट्वीटरमा उनलाई धम्कीसहितका टिप्पणी आउन थालेका छन् । कयौंले त उनलाई ‘बाँच्नु नै बेकार’ भएको टिप्पणी गरेका छन् । कतिपयले आक्रमणको धम्की दिएको बताइन्छ ।
मर्सिसाइड प्रहरीले सामाजिक सञ्जालमा गोलकिपर कारियसलाई दिइएको धम्कीकाबारे आफूहरु जानकार रहेको भन्दै आवश्यक छानविन सुरु गरिएको जनाएको छ । कारियस स्वयंले पनि रियल मड्रिडविरुद्धको खेलमा आफूले गम्भीर त्रुटी गरेको स्वीकार गर्दै सार्वजनिक रुपमा माफी मागेका छन् । मध्यान्तर अघि गोलरहित बराबरीमा रहँदा मध्यान्तरपछि उनको गल्तीका कारण रियल मड्रिडले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो हाफमा कारियसले हातले बल पास दिने क्रममा रियल मड्रिडको करिम बेन्जेमाको खुट्टामा बल ठोक्काउन पुगेका थिए । जबकी करिम उनकै सामुन्ने थिए । करिबको खुट्टामा लागेर फर्किएको बल गोलमा परिणत भएको थियो । बेलले प्रहार गरेको लामो सटलाई कारियसले पञ्च गर्न खोजे पनि उनको हातमा लागेरै बल गोलपोस्टको जाली चुम्न पुगेको थियो ।
Comments are closed.