Nepal's First Video FM

अर्घाखाँचीमा अस्पतालको फार्मेसीले मेडिकलको सिन्डिकेड तोडियो

333

जेठ १४, जिल्ला स्वास्थय कार्यलय अर्घाखाँचीले सन्धिखर्क अस्पताल फामेर्सीको सुभारम्भ गरे पछि मेडिकलहरुको सिन्डीकेट तोडिने भएको छ । विरामीहरुले बाहिर मेडिकल तथा क्लिनीकहरुमा गएर महंगोमा किन्नु पर्ने औषधी सुलभ मुल्यमा अस्पतालको हाता भित्रै पाइने भएको छ ।

एमआरपि मुल्यको ५ प्रतिशत छुटमा अस्पतालको हाता भित्रै औषधी पाइने भएपछि स्थानीयलाइ फाइदा हुने भएको छ । पाँच प्रतिशत छुटमा अस्पताल भित्रै औषधी पाइने भएपछि औषधी पशलेहरुको सिन्डीकेट पनि तोडिने भएको छ ।

अस्पताल फार्मेसीको सुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क अस्पतालमा पाइने निशुल्क औषधीको ब्यबस्था गर्न नगरपालिका तयार रहेको बताए । उनले मानिसको स्वास्थयमाथी खेलवाड नगर्ने र औषधीको लागि बजेट कमी भएमा नगरपालिकालाइ थाहा दिनु पर्ने र औषधीको लागि प्रयाप्त बजेट नगरपालिकाले छुट्टाउने बताउनुभयाे ।

You might also like

Comments are closed.