Nepal's First Video FM

वीरगञ्जमा ट्रकको ठक्करले एक महिलाको मृत्यु

469

माघ २२, वीरगञ्जमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । श्रीपुरस्थित नेशनल ट्रेडिङतर्फ जाँदै गरेको अगरवत्ती लोड भएको ना ६ ख ४९०८ नम्बरको ट्रकले दिउँसो ठक्कर दिँदा स्थानीय ४० वषर्ीया बविता चौधरीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारका लागि नारायणी उप क्षेत्रीय अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको पर्साका प्रहरी जानकारी दिएका छन् ।

ट्रक चालकले ब्याक गरेर चौधरीलाई मारेको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरिले थप अनुसन्धान अघि बढाएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.