जेठ १५, नेकपा र संघीय समाजवादी फोरमवीच संविधान संशोधन र सरकारमा सहभागी हुनेबारे २ बु“दे सहमति भएको छ । यो सहमतिसँग फोरम संघीय सरकारमा सहभागी हुनेछ । सरकारमा सहभागी हुन दुई बुँदे हस्ताक्षर गरेपछि फोरमबाट को को मन्त्री बन्ने भन्ने चर्चा सुरु भएको छ । पहिला पार्टीभित्रको आन्तरिक विवादले सरकारमा सहभागी हुन नसकेको फोरमले दुई जना मन्त्री र एकजना राज्यमन्त्री पाउने भएको छ ।
फोरम स्वास्थ्य तथा जनसंख्या र सहरी विकास मन्त्रालय पाउनेछ । ती मन्त्रालयमा अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी हुनेछन् । राज्यमन्त्री अध्यक्ष यादवले पर्सावाट निर्वाचित प्रदीप यादवलाई बनाउने संभावना छ । तर, फोरमभित्र राजेन्द्र श्रेष्ठलाई मन्त्री नबनाउन महासचिव रामसहाय यादवले लविङ गरिरहेको स्रोतको दावी छ । उनको तर्क प्रत्यक्ष निर्वाचित मात्रै मन्त्री हुनुपर्ने छ र त्यो पनि मधेशी समुदायबाट हुनुपर्ने अडान छ । तर, अध्यक्ष यादव भने दल राष्ट्रिय दल भएको सन्देश दिन पनि श्रेष्ठलाई मन्त्री बनाउन चाहन्छन् ।
त्यसैगरी, रेणु यादव पनि महिला भएका कारण मन्त्रीको दावेदार छिन् । अर्का सांसद मोहम्मद इस्तियाक राई पनि मन्त्रीका दौडमा रहेका छन । मन्त्रीमा नअटाएका केही नेताहरुलाई संसदीय दलमा सेट गर्ने तयारीमा फोरम रहेको छ ।
सुनैलाे नेपाल बाट
Comments are closed.