Nepal's First Video FM

सरकारले पेश गरेको बजेट स्वप्नदर्शी भएको प्रमुख प्रतिपक्षी काँग्रेसको निष्कर्ष

921

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आर्थिक बर्ष २०७५/०७६ को बजेटलाई ‘स्वप्नदर्शी’ भनेको छ । चुनावी घोषणा–पत्र र नीति तथा कार्यक्रमभन्दा फरक शैलीको बजेट प्रस्तुत गरेर सरकारले जनमतको उपेक्षा गरेको काँग्रेसले टिप्पणी गरेको हो ।समृद्ध नेपाल र सुखी नेपालीको कल्पना पूरा गर्न लगानीको माहोल सृजना गर्नुपर्ने भएपनि सरकारले आफ्नो बजेटमा लगानी जुटाउने विषय समेट्न नसकेको समेत काँग्रेस संसदीय दलको बैठकले निष्कर्ष निकालेको छ ।

कर्तव्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई चालचलन ठीक भएको भन्दै गणतन्त्र दिवसको दिन कैद माफी दिनु सरकारको सबैभन्दा ठूलो गल्ती भएको काँग्रेसले जनाएको छ ।

सरकारले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्नुका साथै अदालतको मानमर्दन गर्ने व्यक्तिलाई उनमुक्ति दिएर सर्वोच्चको गरिमामा आँचा पु¥याएको समेत काँगेस संसदीय दलको बैठकले निष्कर्ष निकालेको थियो ।

You might also like

Comments are closed.