मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राज्यबाट मान सम्मान पाइनेछ । रमाइलो यात्राको योग रहेको छ । बित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्मबल बढ्नेछ । प्रेममा मधुरता छाउनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने प्रवल सम्भावना छ । तिर्थाटनको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक यात्रा हुनेछ । आत्मघाती काम गर्न पुगिएला । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी निकाएको भय रहला । कार्यमा बाधा आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
Comments are closed.