Nepal's First Video FM

हत्या भएका पत्रकार अचानाक पत्रकार सम्मेलनमा देखा परे पछी ….

914

जेठ,१७ / युक्रनमा हत्या गरिएको भनिएका एक रुसी पत्रकार जीवितै रहेका छन् । युक्रेनले हत्या भएको भनेर जानकारी दिएका रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवित र सकुशल नै रहेका हुन् ।

युक्रेनको राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनी उपस्थित भएका छन् । एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन् ।

उनी क्रेमलिनको कट्टर आलोचकका रुपमा चर्चित पत्रकार हुन् । पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका छन् ।

युक्रेनको गुप्तचर सेवाका प्रमुखले ती पत्रकारलाई हत्या गर्ने आदेश “रुसी गुप्तचर निकायले जारी गरेको“ दावी गरेका थिए ।

You might also like

Comments are closed.