Nepal's First Video FM

शिक्षा मन्त्रालयले शिक्षणसंस्थालाई पुरस्कृत गर्ने

528

माघ २२ , शिक्षा मन्त्रालयले यहि माघ २८ गते विभिन्न विद्यालय तथा शिक्षणसंस्थालाई पुरस्कृत गर्ने भएको छ । अदालतमा मुद्दा परेपछि रोकिएको ३८ औं राष्ट्रिय शिक्षा दिवसको कार्यक्रम रिट खारेज भएपछि आगामी आइतबार गरिने तय भएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिनुभयो ।

शिक्षा दिवस भदौ २१ मै मनाउने गरिए पनि, पुरस्कृत विद्यालयहरुको छनौट प्रकृयामा विरोध जनाउँदै प्रसादी एकेडेमीका तर्फबाट विक्रम राईले मुद्दा दायर गर्नुभएको थियो । काठमाण्डौंस्थित राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा मुलुकभरका ३० हजार सामुदायिक विद्यालय मध्येबाट ११ , ७ हजार निजी विद्यालयमध्ये ९ गरी उत्कृष्ट २० विद्यालयलाई पुरस्कृत गरिने भएको छ । अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तह अनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिएको मन्त्रालयको दाबी छ ।

 

साभार इकान्तिपुर

 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.