Nepal's First Video FM

अर्घाखाँची, बुटवलहुदै दिल्ली सम्म एसी डिलक्स बस सञ्चालन

655

जेठ १७, यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै यात्रा आरामदायी र सुरक्षित होस भन्ने हेतुले सुपा देवी देउराली टुर एण्ड ट्राभल्सले पश्चिम नेपाल बस व्यवसायी सङ्ग सहकार्य गरी ए.सी. सुविधा भएका ५ वटा डिलक्स बस भित्र्याएको छ ।

उक्त बसहरूले अर्घाखाँची र बुटवलबाट दिल्लीको नरोजनिनगर र दिल्लीबाट अर्घाखाँची र बुटवलको लागि सिधा बस सञ्चालन हुने गरी सेवा बिस्तार गरेको जनाएको छ । बसहरू दिल्लीको लागि सन्धिखर्क बसपार्क र बुटवलको बसपार्क पछाडि इट्टाभट्टी लाइनबाट छुट्ने जनाइएको छ ।

विगत ३ वर्ष देखि नन ए.सी. बस सञ्चालन हुँदै आएकोमा अब समयानुकूल हुने गरी ए.सी. बस सुविधा भित्र्याएको सुपा देवी देउराली टुर एण्ड ट्राभल्सका संयोजक दिलबहादुर खत्रीले जानकारी गराएका छन् । ए.सी. बसको सेवा शुभारम्भ जेष्ठ १६ गते बुटवलबाट भएकाे खत्रीले जानकारी दिए ।

You might also like

Comments are closed.