Nepal's First Video FM

इतिहासमै पहिलो पटक बन्यो यस्तो दोहोरी गीत-बिदेशिएका नेपाली फर्कन मन लाग्छ यो गीत हेरेपछि -भिडियो सहित

1,021

नेपाली लोक संगीतको क्षेत्रमा सुर्य खड्का कुनै नौलो नाम होइन। लगभग १० बर्ष देखि परदेशी जीवन भोगिरहेका खड्का परदेशबाटै सांगीतिक यात्रालाई निरन्तरता दिदै परदेशी गायकको रुपमा परिचित भइसकेका छन्।

बग्लुङ्ग घर भइ जापानमा कार्यरत खड्काका गीतहरुलाई एक पछि अर्को दर्शक श्रोताले झन् झन् मन पराउदै गायक छन्। प्राय सबै खाले गीतमा आफ्नो स्वोर दिइसकेका गायक खड्काले हिजोमात्र अर्को मार्मिक गित बजारमा पठायका छन्।

आफ्नो १० बर्षको परदेश बसाइमा धेरै आँशु बगेको कुरा दर्शाउदै खड्काले आफ्नो नया गित नआउ मेरो भाई सार्बजानिक गरेका छन्। गीतमा परदेश देख्दा राम्रो र सहज लागे पनि भोगाइमा निकै कठिन रहेको सन्देश बोकेको गीत भएकोले परदेशिन चाहने नेपालीलाई नेपालमै रहेर केहिगर्नको लागि गीतले प्रेरित गर्नेछ भन्ने आफुले आशा राखेको गायक खड्काले हामी संग बताउनु भयो।

गीतमा सुर्य खड्का र रबिन लामिछानेको स्वोर रहेको छ भने शब्द नवराज पन्तको रहेको छ। चर्चित नायक सरोज खनाल, महेन्द्र गौतम र मेलिना ठकुरीको अभिनय रहेको गित नआउ मेरो भाई लाई गुंराश मुभिज प्रा लि ले बजारमा पठाएको छ।

You might also like

Comments are closed.