Nepal's First Video FM

बोल माया गीत पछि पहिलो पटक अन्जली अधिकारी रोमान्टिक गीतमा दुर्गेश थापा संग (हेर्नुहोस)

1,025

कमल सरगम,काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रमा फरक गीत ल्याएर आफुलाई चर्चाको चुलीमा पुर्याउने सर्जक हुन करण न्यौपाने संगै नेपाली संगीत क्षेत्रमा १ दशक लामो समय देखि निरन्तर आफ्नो कलाबाट अगाडी बढेकी गायिका धन कुमारी थापा सरुको सहकार्य निकै फापेको छ।यो बेला यी जोडीको नया गीत बजारमा आएको छ।बिन्धबासीनी म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा चर्चित गायिका पूर्णकला बिसी,बिक्रम थापा र धन कुमारी थापा “सरु”को आवाज रहेको छ भने गीतमा लय तथा शब्द सृजना भने करण न्यौपानेकै रहेको छ।चर्चित मोडल दुर्गेश थापा र अन्जली अधिकारीको अभिनय रहेको उक्त गीतको निर्देशन तथा सम्पादन भने क्रान्ती केसीले गरेका हुन।अजय रेग्मीको छायांकन रहेको भिडियो अहिले बजारमा आएको हो।
उक्त गीतलाई राजधानीको शेर्पा महलमा एक भब्य समारोहको साथमा बिमोचन गरिएको थियो।प्रमुख अतिथी नेपाली काँग्रेसका छेत्रीय सभापति अर्जुन न्यौपाने बिशेष अतिथिमा बिन्धबासीनी म्यूजिकका संचालक सुबास रेग्मी ,रक्षा म्यूजिकका संचालक प्रेम सागर पौडेल,लोक संचारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतम लगाएतका व्यक्तिहरु थिए।गीत निकै उत्कृष्ट बनेको छ।
हेरौ भिडियो:

You might also like

Comments are closed.