Nepal's First Video FM

राष्ट्रकविलाई आज नेपाल ल्याइदै,कस्तो छ अहिले राष्ट्रकविको स्वास्थ्य अवस्था?पढ्नुहोस

722

जेठ,१९/ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदैछ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन । “भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ”, उनले भनिन्, “त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नुभएको हो ।”

उनका अनुसार राष्ट्रकवि शनिबार बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यहीजेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट क्याबिनमा सारिएको थियो ।

नयाँदिल्ली जानुअघि उनको वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उनको उपचारमा संलग्न थियो । घिमिरेका साथमा उनका छोरा इन्दिवर पनि गएका छन्। करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ । रासस

You might also like

Comments are closed.