काठमाडौं । यो आर्थिक बर्ष सकिन एक महिना मात्रै बाँकी छ, जस कारण १० महिनासम्म नभएका पुर्वाधार बिकासका काम धमाधम भैरहेका छन् । आर्थिक वर्षको अन्तम सम्पुर्ण भक्तनी लिनैको लागि हतार हतारमा गुणस्तर र स्थायित्वको ख्यालै नगरी काम र बजेट सक्ने मेलो भैरहेको छ ।
यसको ज्वलन्त उदाहरण बनेको छ काठमाडौ धापासी स्थीत चक्रपथ शाहन्सेदेखि भगवती मन्दिर सम्मको १८ सय मिटर सडक ।
सडक डिभिजन २ नम्बर कार्यालय टेकु मार्फत महालक्ष्मी वार्लवाइड निमार्ण कम्पनी मार्फत ९ करोडको लागतमा निमार्ण भयो यो सडक कालोपत्रे भएको २ साता नबित्दै यो अवस्थामा पुगेको छ ।
सडकको स्तर वृद्धी, रिटेनिङ वाल, ह्युम पाइप लगाएतका सम्पुर्ण कामको लागि २ बर्ष अघि नै टेण्डर भएको थियो । तर निमार्ण कम्पनीले विभीन्न विवाद देखाउँदै आर्थिक बर्ष सकिनै लाग्दा हतार हतारमा कालोपत्रे गरेको हो ।स्थानीयका अनुसार एक झरी परिरहेका बेला राती हिलोमा पिच गरिएको थियो । स्थानीयहरुले पानी परीरहेको बेला हिलो माथि कालोपत्र नगर्न बारम्बार आग्रह गर्दा पनि कालोपत्रे भएरै छोड्यो ।
त्यसै कारण हो अहिले यो पिच हिलो माथिबाट यसरी उप्किदैछ । रातीसम्म हिलोबाटो बिहान एकाएक चिल्लो देखियो तर त्यो चिल्लोबाटो एक सता पनि टिकेन । सडक डिभिजन कार्यालयबाट अनुगमनका लागि पुगेका टोलीले पनि बाक्लो पिच भएको स्थानबाट नमुना लगेर गए ।
यति मात्रै होइन कालोपत्रे गर्नुपुर्व राखिएको ह्युम पाइपमा समेत माटो भरिएको छ, जुन सफानै नगरी माथिबाट कालोपत्रे गरीएको छ । जो धेरै दिन टिक्दैन् । news24
Comments are closed.