Nepal's First Video FM

गोरे पत्नी र सञ्जेल बिच टेलिफोन संवादमा के के कुरा भयाे ! (अडियोसहित) सुन्नुहाेस ।

590

जेठ २०, सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पुर्पक्षका लागि थुनामा छन् । सुरुमा फरार रहेका उनी ११ जेठमा पक्राउ परेका थिए । उनले सुन तस्करी गरेको मात्र होइन, त्यसमा एसएसपी श्याम खत्रीको संलग्नता स्वीकार गरे पनि अपराध महाशाखाबाट गएको प्रहरी टोलीलाई पोलेका छैनन । जबकी गोरेको समूहबाट हत्या गरिएका सनम शाक्यको शव व्यवस्थापनका लागि महाशाखाको टोली गएको बयान टेकराज मल्ललगायतले दिएका छन् ।

महाशाखाको टोलीले शनमको शव मोरङ प्रहरीलाई बुझाएपछि पनि गोरे र उनको परिवारसँग संवाद गरेको पाइएको छ । त्यसमध्येको एक अडियो अनलाइनखबरले पाएको छ, जसमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलले गोरेकी पत्नी नर्वदा खरेलसँग झण्डै २० मिनेट कुराकानी गरेका छन् ।

यसमा सञ्जेलले आफूहरुले गोरेलाई बचाउन खोजेको तर, उनी अन्तिम समयमा भागेर कुरा बिगि्रएको बताएका छन् । नर्वदाले भने मामाको नाता लगाउँदै यो पटक गोरेलाई जसरी पनि बचाई दिनुपर्‍यो भन्दै हार गुहार गरेकी छन् ।

You might also like

Comments are closed.