Nepal's First Video FM

कालिमाटीमा तरकारीको भाउ सोध्दै कृषिमन्त्री

593

जेठ २१, कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन् । कालिमाटी तरकारी बजारमा कैयन विकृति रहेको गुनासोका बीच मन्त्री खनालले सोमबार अनुगमन गरेका हुन् ।

रामकुमारी चौधरी, राज्यमन्त्री, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित सोमबार बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरे । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ सोधेका थिए ।

अनुगमनपछि मन्त्री खनालले तरकारी कालिमाटी बजार व्यवस्थापन समितिलाई बजार व्यवस्थित गर्न निर्देशन समेत दिए ।

अनलाइनखबर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.