कमल सरगम -काठमाण्डौ।पछिल्लो समय दोहोरी गीतमा फरक स्वाद देख्न सकिन्छ।यहि स्वादलाई चखाउन फेरी अर्को ऐतिहासिक दोहोरी गीत सार्बजनिक भएको छ।२० मिनेट लामो म्युजिक भिडियो समेटिएको एक ऐतिहासिक कथा जोडिएको दोहोरी गीत “सुन कथा”बजारमा आएको छ। लोक दोहोरी क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतमा एकलौटी बास गर्न सफल बहुचर्चित गायक मौसम गुरुङको अभिनय रहेको अर्को मार्मिक गीत “सुन कथा”सार्बजनिक भएको छ।
इश्वर शिंह र चर्चित गायिका कालिका रोक्काको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द भने चन्द्र क्षेत्रीको रहेको छ।प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा मौसम गुरुङलाई अभिनयमा साथ् भने जुना गुरुङले दिएकी छिन।राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने राजेश घिमिरेको रहेको छ।एक प्रेमी प्रेमिकाको कथा जोडिएको उक्त गीतमा समाजले नस्युइकारेपछि अन्तिममा दुईले आत्महत्या गरेको समेत भिडियोमा अटाएका छन। भिडियो एक पटक हेर्नुहोस :
You might also like
Comments are closed.