माघ २२, शिक्षक सेवा आयोगले लामो समयको अन्तरालमा अध्यापन अनुमति पत्र शिक्षक लाईसेन्सको लागि दरखास्त आह्वान गरेको छ ।
शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले आगामी चैत २४ गते माध्यमिक तहको अस्थायी अध्ययन अनुमतिपत्रको लिखित परीक्षा लिने भएको हो ।
परिक्षा फारम फागुन २० गतेसम्म तथा दोब्बर दस्तुरमा फागुन २७ गतेसम्म भर्न सकिने जनाएको छ ।
अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनेका लागि आयोगले केही शर्तहरुसमेत राखेको छ । जसअनुसार शैक्षिक योग्यता स्नातकोत्तर उतिर्ण हुनुपर्ने, शिक्षक सेवा आयोग नियमावली, २०५७ (नवौं संशोधन) को नियम ६ घ को उपनियम (२ क) अनुसार सेवा सुरु गरेको २ वर्षभित्र १० महिने तालिम वा वि.एड गरेको हुनुपर्ने सर्त रहेका छन् ।
अन्यथा अध्यापन अनुमति पत्र रद्द हुने जनाईएको छ । तर पहिले नै तालिम वा विएड गरेकाले भने प्रक्रियाअनुसार स्थायी लाईसेन्स नै पाउने भएका छन् ।
आयोगले दरखास्त दिन ५ ओटा कार्यालयहरु तोकेको छ । जसमा जिल्ला शिक्षा कार्यालय झापा, जिल्ला शिक्षा कार्यालय काठमाडौं, जिल्ला शिक्षा कार्यालय कास्की,जिल्ला शिक्षा कार्यालय बाँके,जिल्ला शिक्षा कार्यालय कञ्चनपुर रहेका छन् ।
परीक्षा संचालन हुने स्थान दरखास्त संकलन केन्द्र रहेको जिल्लामै रहने भएपनि केन्द्र भने पछि तोकिने आयोगले जानएको छ । लिखित परीक्षाको पूर्णाङ्क एक सय र उत्तीर्णाङ्क पचास राखिएको छ । परिक्षाका लागि माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रकै पाठ्यक्रम लागू हुने आयोगले जनाएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.