Nepal's First Video FM

बजाजको एउटै बाइकमा बढ्यो १ लाख ३० हजार, स्टकमा भएका बाइकको पुरानै मूल्य

506

काठमाडौं । पल्सरको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । कम्पनीले पल्सर १५० सीसीमा ७ हजार रुपैयाँले मूल्य वृद्धिगर्दा डोमिनार ३७३ सीसीको वाइकमा १ लाख ३० हजारले मूल्य बढेको छ ।

कम्पनीले सबैभन्दा कम बजाज भी र डिस्कभर १५० सीसीमा ४ हजारले मूल्य बढाएको छ । सरकारले बजेटमार्फत सवारी साधनमा नयाँ करका दर निर्धारण गरेकाले कम्पनीले मूल्य बढाएको जनाएको छ । साथै कम्पनीले पुरानो स्टक रहुन्जेल पुरानै मूल्यमा बेच्ने जनाएको छ ।

कुन बाइकमा कति बढ्यो

डोमिनार ३७३ सीसी क्षमता रहेको बाइकमा १ लाख ३० हजारले मूल्य बढेको छ । यसअघि ४ लाख ६९ हजार ९०० रहेको डोमिनारको मूल्य अब ५ लाख ९९ हजार ९०० पुगेको छ ।

पल्सर २०० एनएसमा ३४ हजार मूल्य बढेको छ । यसअघि २ लाख ९५ हजार ९०० रहेको यो वाइकको मूल्य अब ३ लाख २९ हजार ९०० भएको छ ।

त्यसैगरी पल्सर एनएस १६० मा २९ हजार मूल्य वृद्धि भएको छ । यसअघि २ लाख ६३ हजार ९०० रहेको यो बाइकको मूल्य अब २ लाख ९२ हजार ९०० भएको छ ।

साथै, पल्सर २२० एफमा २६ हजार रुपैयाँले मूल्य बढेको छ । यसअघि २ लाख ९३ हजार ९०० मूल्य रहेको यो वाइक अब ३ लाख १९ हजार ९०० पर्नेछ ।

एभेन्जर क्रुज २२० सीसीमा कम्पनीले ३३ हजार मूल्य वृद्धि गरेको छ । यसको यसअघिको मूल्य ३ लाख ९ हजार ९०० सय रहेकोमा अब ३ लाख ४२ हजार ९०० पर्ने छ ।

पल्सर १८०मा २५ हजार रुपैयाँले मूल्य बढेको छ । यसअघि २ लाख ५४ हजार ९०० रहेको यसको नयाँ मूल्य २ लाख ७९ हजार ९०० पुगेको छ ।

पल्सर १५० मा कम्पनीले ७ हजार मूल्य वृद्धि गरेको छ । सडक दस्तुरमा भएको वृद्धिको कारण मूल्य बढाइएको कम्पनीले जनाएको छ ।

यी बाहेक अन्य बजाजको १५० सीसीभन्दा मुनीका उत्पादनमा ५ हजार र ४ हजारले मूल्य वृद्धि भएको छ ।

You might also like

Comments are closed.