Nepal's First Video FM

प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

614

माघ २३, प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

२० हजार रुपैयाँ राशीको शारदा तिलचन्द्र पत्रकारिता पुरस्कारबाट हरिप्रसाद पोखरेल र १५ हजार रुपैयाँ पुरस्कार राशीको कमला स्मृति पत्रकारिता पुरस्कारबाट विनोद त्रिपाठी पुरस्कृत भएका छन् ।

पोखरेल नेपाल पत्रकार महासंघ चितवनका शाखाका पूर्वअध्यक्ष हुन् भने त्रिपाठी कान्तिपुर दैनिकका उपसम्पादक हुन् ।

यसैगरी चितवनबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित पत्रकारहरु कृष्ण गिरी र सिर्जना अर्याललाई बधाईपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

शाखा अध्यक्ष तीर्थ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्रबहादुर खड्का, नेकपा माओवादी केन्द्रका नेता यमबहादुर परियार, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.