Nepal's First Video FM

नेविसंघले आज चक्काजाम गर्ने

892

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज देशभरका सदरमुकाममा १ घन्टा चक्काजाम गर्ने भएको छ ।

पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध भन्दै गरिने चक्काजामपछि जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिने कार्यक्रम रहेको नेविसंघका अध्यक्ष नैनसिं महरले जानकारी दिनुभयो ।
नेविसंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै हिजो सवै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

नेविसंघलगायत विद्यार्थी संघसंगठनले यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेटेर पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरिसकेका छन्।
मन्त्री यादवले संसदमा अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन गर्दा तेलको भाउ बढेकोले घटाउन नमिल्ने बताएपनि विद्यार्थीहरु आन्दोलीत भएका हुन् ।

’सरकारले गरीब जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म संघर्ष चलिरहन्छ’ नेविसंघका अध्यक्ष महरले भन्नुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.