Nepal's First Video FM

गृहमन्त्री थापाको सय दिनका १५ उपलब्धिहरु के के हुन पढ्नुहाेस !

536

जेठ २४, गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् ।गृहमन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले सुन तस्कर पक्राउदेखि सिन्डिकेट अन्त्यसम्मका कामहरु आफ्ना प्रमुख सफलता भएको बताएका छन्।

उनले देशको समृद्धि र विकासका लागि सुशासन महत्वपूर्ण हुने भएकाले आफु देशमा सुशासनमा केन्द्रीत भएको बताए।सुशासनका लागि सिन्डिकेट तोड्नेदेखि समयमा काम नगर्ने ठेकदारलाई कारबाहीसम्मको काम गरेको र त्यसलाई निरन्तरता दिइने उनले बताएका छन्।

You might also like

Comments are closed.