Nepal's First Video FM

‘प्रेमकथा’ संग्रह गर्ने विश्वको अनौठो लभ बैंक

545

जेठ २४, बैंकको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाबकिताब शुरु हुन्छ । तर आज हामी यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ ।यो बैंकको नाम नै लभ बैंक हो । हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा त्यहाँ विशेष प्रदर्शनीको अयोजना गरिन्छ । त्यसबेला बैंकमा निकै भिडभाड हुन्छ । सबै प्रेमजोडीहरु आफ्नो प्रेमको कहानी लेखेर त्यहाँ जम्मा गर्दछन् ।

यस्तो लभ बैंक स्लोभाकियाको बन्स्का स्टिभनिका सहरमा रहेको छ । विश्वको सबैभन्दा लामो प्रेम कविता मरिनाको स्मरणमा यो बैंकको स्थापना गरिएको हो । विश्वको सबैभन्दा लामो उक्त प्रेमकविताका लेखक स्लोभाकियन कवि आन्द्रेज स्लेडकोविक हुन् ।

मारिया उनकी प्रेमिका थिइन् । मारिया जुन घरमा बस्थिन् सोही भवनमा लभ बैंक स्थापना गरिएको छ ।हरेक वर्षको भ्यालेन्टाइन डे मा उक्त बैंकमा ठूलो संख्यामा प्रेमजोडीहरु आउँछन्, त्यहाँ अन्तरक्रियात्मक प्रदर्शनी हुन्छ । प्रेमजोडीहरुले आफ्नो लिखित प्रेम कहानीहरु त्यहाँ डिपोजिट गर्दछन् ।अझ रोचक त के भने बैंकमा एउटा लभ मिटर पनि छ । लभ मिटरमा प्रेमी प्रेमिकाहरुले आफ्नो प्रेमको मापन गर्दछन् ।

एजेन्सी

You might also like

Comments are closed.