माघ २२, प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चौथो स्थानको चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ।
टिमोएउ बाकायोकोले ३०औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि दश खेलाडीमा झरेको चेल्सीले अन्तिम ६ मिनेटमा ३ गोल बेहोरेको हो।
ट्रोए डिनेले ४२औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोली वाटफोर्डलाई पहिले अग्रता दिलाएका थिए।
चेल्सीका लागि ८२औँ मिनेटमा एडेन हाजार्डले बराबरी गोल फर्काए। तर वाटफोर्डले त्यसपछि ३ गोल थप्दै जित हात पार्यो।
वाटफोर्डका लागि ८४औँ मनेटमा डाएल जनमातले गोल गर्दै २-१ को अग्रता दिलाउ। त्यसपछि ८८औँ मिनेटमा जेरार्ड डेउलोफेउ र इन्जुरी टाइमको पहिलो मिनेटमा रोवर्ट पाएराले गोल गरे।
हारपछि २६ खेलबाट ५० अंक रहेको चेल्सी चौथो स्थानमा यथावत छ। उता २६ खेलबाट ३० अंक जोडेको वाटफोर्ड ११औँ स्थानमा छ।
Comments are closed.