Nepal's First Video FM

महिलाको लगानीमा उद्योग

458

माघ २२, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले साना तथा घरेलु उद्योग सञ्चालनले नगरमा आर्थिक समृद्धि शुरू हुने बताएका छन् । थाहानगरको बज्रवाराहीमा कल्पना थाहा कपडा उद्योगको उद्घाटन गर्दै प्रमुख विष्टले महिला उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

उत्तरी मकवानपुरमै पहिलोपटक शुरू भएको यो कपडा उद्योगले थाहानगरमा उद्योगको सम्भाव्यताको शुरुआत भएको उनको भनाइ छ । स्थानीय कल्पना बलामीले २५ लाख रुपैयाँको लगानीमा उद्योग स्थापना गरेकी हुन् । उद्योगमा ५ जनाले रोजगारी पाएका छन् ।

You might also like

Comments are closed.