नेविसंघको राके जुलसमा अर्घाखाँचीमा प्रहरीको हस्तक्षेप, प्रशासन र प्रहरी कार्यालय घेराउँ गर्ने कांग्रेसको चेतावनी (भिडियो) सहित
जेठ २६, नेपाल विद्यार्थी संघ अर्घाखाँचीले पाणिनी बहुमुखी क्याम्पस देखी शान्तीवगैँचा सम्म शान्तीपुर्ण राके जुलुस गरेको छ । राके जुलुसमा पाणिनी चोकदेखी शान्तीबगैँचा सम्म प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेप विरुद्ध नेविसंघले नाराजुलुस समेत गरेको छ ।
राके जुलुस पछी कोणसभामा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कानले शान्तीपुर्ण नेविसंघको आन्दोलनमा प्रहरीको दमन रोक्न आग्रूह गरे । उनले गरिव दुखी जनतालाई सरकारले मंहगी बढाएर अत्याचार गरेको भन्दै मुस्कानले शान्तीपुर्ण आन्दोलनमा प्रहरीको दमन अतिवादी भएको भन्दै दशौ हजार कार्यकर्ता ल्याएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउँ गर्ने चेतावनी दिए ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष युवराज पाण्डेले ओली सरकारले जनतालाई मंहगो चपेटमा पारेकोले नेविसंघले आन्दोलन सुरु गरीएको बताए ।
हिन्दु खबरबाट
Comments are closed.