Nepal's First Video FM

विश्वकपका सबै खेलको प्रत्यक्ष नेपाली भाषामा कमेन्ट्री हुने

532

काठमाडौं( नेपाली दर्शकलाई लक्षित गर्दै यस पटकको फिफा विश्वकप नेपालीमै हेर्न पाईने भएको छ । डिस होमले फिफा विश्वकपको कमेन्ट्री नेपालीमै प्रशारण गर्ने भएपछि विश्वकप नेपालीमा हेर्न पाइने भएको हो ।

यस अघि पनि विश्वकप प्रसारण गर्दै आएको डिसहोमले यस वर्षदेखि भने नेपाली भाषामै कमेन्ट्री प्रसारण गर्ने तयारी गरेको हो ।नेपाली दर्शकलाई फुटबलसंग अझै नजिक ल्याउनका लागि नेपाली भाषामै कमेन्ट्री प्रसारण गर्ने तयारी गरेको डिसहोमले बताएको छ ।

सबै नेपाली दर्शकले अंग्रेजी भाषा नबुझ्ने भन्दै डिस होमले आफ्ना ग्राहका लागि लाईभ ९प्रत्यक्ष० फुटबलमा नेपाली भाषामै कमेन्ट्री प्रसारण गर्ने योजना बनाएको हो ।

You might also like

Comments are closed.