Nepal's First Video FM

रणवीर सिंहसंग बिहे टार्दै दीपिका !

445

भारतीय संचार माध्यममा चासाेकाे विषय बनेकाे छ नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणकाे बिहे ।

उनीहरूकाे बिहेकाे मिति सरिरहँदा रणवीर-दीपिकाकाे बिहे सेप्टेम्बरमा हुने, दुबैका परिवार पनि राजी छन् भनेर पछिल्लो समय भारतीय मिडियामा भाइरल भएको थियो।

तर अाजभाेली उनीहरूको विवाह पक्का नभइसकेकाे भन्ने अर्को समाचार आएको छ। समाचारअनुसार रणवीर सिंह दीपिकासँग पूरै समर्पित छन् र छिट्टै विवाह गर्न आतुर छन्। तर दीपिका भने यस्तो निर्णय गर्न डराइरहेकी छिन् भने विवाह हुने कुनै छाँटकाँट देखिएको छैन।

समाचारमा जनाइएअनुसार दीपिकाले पूर्वप्रेमी रणवीर कपुरलार्इ अझै भुल्न सकेकी छैनिन् । उनी उनी पूर्वप्रेमी रणवीर कपुरसँग विवाह गर्न चाहन्थिन्। तर उनीहरूकाे सम्बन्ध धेरै लामाे समयसम्म टिक्न सकेन । यसपछि रणवीर त यसबाट छिट्टै बाहिर आए र नायिका कटरिना कैफसंग प्रेममा रहेकाे समाचार बाहिरियाे कटरिनासंग पनि लामाे समयसंग सम्बन्ध टिक्न सकेन उनीहरूकाे ब्रेकअप भयाे । अहिले रणवीर अर्की नायिका आलिया भट्टसँग प्रेममा परेका छन् ।

उता दीपिका भने पूर्वप्रेमी रणवीर कपुर फेरि आफ्नो जीवनमा आउन सक्ने आशाले विवाहलाई टारिरहेकी हुन सक्ने उनका फ्यान र भारतीय संचार माध्यमहरूले अड्कल गरेका छन्।

You might also like

Comments are closed.