माघ २३, फेसबुकबाट युवतीलाई साथी बनाएर डेढ करोड ठगी गर्ने सिन्धुपाल्चोक हेलम्बु घर भएका सुलभ पण्डितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
आफू अमेरिकन आर्मी भएकाले अमेरिकामा लगेर जागिर लगाइदिने भन्दै उनले ठगी गरेको सीआईबीले जनाएको छ । उनले फेसबुकमा मनीष बस्नेत, नरेन्द्रबहादुर पण्डितजस्ता नाम राखेर ठगी गर्दै आएका थिए ।
उनलाई काठमाडौंको गोकर्णबाट सीआईबीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पण्डितले १४ जनाबाट १ करोड ५० लाख रुपैयाँ ठगी गरेका थिए । उनीविरुद्ध विगतमा पनि ४ करोड ९५ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भइसकेको अनुसन्धानमा खुलेको छ ।
उनले धेरैजसो महिलालाई ठगी गरेका छन । केही महिलासँग त ‘कोर्ट म्यारिज’समेत गरेका थिए । पछि पैसा लिएर फरार भएपछि पीडितहरू सीआईबीमा
गएका हुन् ।
पण्डितले युवतीहरूलाई फेसबुकमा साथी बनाएर भ्रममा पारी ठग्ने गरेको, विभिन्न बैंकमा तीन नामको प्रयोग गरी खाता खोलेको, आफुलाई मनिष बस्नेत भनेर काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज पनि खुल्न आएको प्रहरीले दाबी गरेको छ ।
Comments are closed.