Nepal's First Video FM

पुजाको घमण्ड कहिले सम्म ?

891

काठमाडौँ । पुजा शर्मा चलचित्रका कारण मात्रै नभएर बिभिन्न स्क्यानडलका कारण सधै चर्चामा रहने मध्येकी एक हुन् । सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने शैलिका कारण उनको थप चर्चामा हुने गर्छ । ‘उनि जुन शैलीका साथ सार्वजनिक कार्यक्रम प्रस्तुत हुने गर्छिन, त्यसको थप चर्चा हुने गरेको छ ।’ चलचित्र क्षेत्रका जानकारहरु बुझाइ छ । उनले कस्तो कार्यक्रममा कुन प्रकारको व्यवहार देखाउने भन्ने विषयमा समेत ख्याल नगर्ने गरेको आरोप लाग्ने गर्छ ।

हिजो मात्रै राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा उनी प्रस्तुत भएको शैलिले थप विवादमा परेकी छिन् । ‘हट्टी नट्टी’ नामले परिचीत अनुपमको जन्मदिनको विशेष कार्यक्रम थियो । नेपाली चलचित्रका थुप्रै हस्तीहरुको उपस्थिती रहेको कार्यक्रममा पुजा पत्रकारका क्यामेराबाट टाढै रहिन ।

जसरी तामझामका साथ जन्मदिनको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो त्यती मात्रमा पुजा खुल्न सकेकी थिइनन् । नायक आकास श्रेष्ठ सँगै कार्यक्रममा उपस्थित भएकी पुजा किन खुल्न सकिनन् ? आफुलाई असहज महशुस हुने गरी सार्वजनिक व्यत्तित्व किन सामाजिक कार्यक्रम उपस्थित हुने ? उनीमाथी यस्ता थुप्रै प्रश्न खडा भएका छन् ।

‘नायिका पुजा शर्मा कार्यक्रममा उपस्थित हुनु र नहुको कुनै अर्थ रहेन ।’ कार्यक्रममा सहभागी धेरैल भन्छन्, ‘जन्मदिनको उत्वस भएका कुनै पनि गतिबिधिमा उनको सकृय सहभागीता हुन सकेन ।’ कार्यक्रम जन्मदिनको ‘केक’ काट्नेदेखि शुभकामना आदनप्रदान गर्ने सम्मको गतिबिधि भए ।

तर पुजा निष्कृय नै रहिन् । उनि मिडिया र क्यामरा सँगै भाग्दै एक्लै बसीन । उनलाई कार्यक्रममा सहभागी हुन पटक पटक आग्रह गरियो । तर उनले त्यसको उपेक्षा मात्रै गरिन् । कार्यक्रममा उनका अग्रजहरु करिश्मा मानन्धर, विपिना थापा, रेखा थापा, शुष्मा कार्कीको सहभागीता रहेको थियो । तर पुजा भित्र रहेको संकोचले अग्रजहरुको समेत अपमान भएको धेरैको बुझाइ छ ।

पुजा किन खुल्न सकिकन् जन्मदिनको विशेष कार्यक्रममा ? कार्यक्रममा शुष्मा कार्की पनि सहभागी थिईन् त्यसैले कार्यक्रममा सहभागी भएका धेरैले अनुमान लगाएका छन् । तर किन ? किनकी यी दुईबीच केहि समयदेखि राम्रो सम्बन्धन छैन । त्यसकारण धेरैले शुष्मा सहभागी भएको कार्यक्रममा पुजा खुल्न नसकेकी धेरैले अनुमान छ ।

सामाजिक सञ्जामा समेत उनिहरु एक अर्काको आलोचना गरिरहेका हुन्छन् । नेपाली चलचित्र क्षेत्रको प्रतिनिधत्व गर्ने पुजा पत्रकारका क्यामेरा अगाडी देखा पर्न नखोज्नु खासै ठुलो विषय नहोला । तर आँफैलाई असहज हुने गरी सार्वजनिक कार्यक्रममा किन उपस्थित हुने ? धेरैको प्रश्न छ ।

उनका यस्तै गतिविधिका कारण पनि उनलाई चलचित्र क्षेत्रमा घमण्डी नायिकाको संज्ञा दिने गरिएको छ । जुन हिजो भएको सार्वजनिक कार्यक्रम र उनको प्रस्तुतीले थप बल पुगेको छ ।

You might also like

Comments are closed.