Nepal's First Video FM

लोकतन्त्र भनेको छाडातन्त्र होइन

633

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यमा आधारित र रचनात्मक आलोचनालाई सरकारले स्वागत गर्ने बताएका छन् । तर, आफ्नो क्षणिक स्वार्थका लागि कसैले पनि मर्यादाको सीमा नाघ्न नहुने बताए ।

टेलिभिजन कार्यक्रम ‘हलो प्रधानमन्त्री’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आलोचनालाई स्वागत गर्छु, आलोचना रचनात्मक होस्, सत्यमा आधाररित हो । सही आलोचनाले सत्य बाटो पहिल्याउन मदत गर्छ ।’

निरर्थक विरोधको भने अर्थ नहुने बताए । लोकतन्त्र सम्भ र सुसंस्कृत समाज भएको भन्दै उनले भने, लोकतन्त्र भनेको छाडातन्त्र होइन, अनुशासित प्रणाली हो ।’

समाजिक सञ्जालतर्फ संकेत गर्दै उनले नक्कली आइडी बनाएर जथाभावी आलोचना गर्नेहरु पनि बढेको भन्दै उनले यसबारे समाज बोल्नु पर्नेमा जोड दिए ।

You might also like

Comments are closed.