Nepal's First Video FM

ग्रामिण मन्त्रालयअघि आत्मघाती बम विस्फोट, १२ जनाको मृत्यु, ३१ घाइते

419

जेठ,२९/ अफगानिस्तानको काबुलमा भएको एक आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। आत्मघाती सो आक्रमणमा परी अन्य कम्तीमा ३१ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।

कार्यालयको काम सकेर रमजान मनाउन घरतर्फ जानका लागि बसको प्रतिक्षामा रहेकाहरूमाथि बम आक्रमण भएको बताइएको छ।

अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस)ले लिएको छ।

ग्रामिण पुनर्उद्धार तथा विकास मन्त्रालयको मुल प्रवेशद्वारमै विस्फोटनको घटना भएको प्रहरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

घर जानका लागि बस कुरिरहेका कर्मचारीहरुको भिड भएको ठाँउमा आत्मघाती आक्रमणकारी घुसपैठ गरेर बम विस्फोटन गराएको ग्रामिण मन्त्रालयका प्रवक्ता फारिडुम अजहान्डले बताए।

‘मेरा सहकर्मीहरू रमजान मनाउनका लागि घर जान कार्यालयबाट बिदा लिएका थिए। उनीहरूमाथि भएको आक्रमणको घटनाले मलाई निकै दुःखी बनाएको छ।,’ एक जना कर्मचारीले भने।

स्थानीय समयअनुसार दिउँसो एक बजेतिर आक्रमण भएको र कार्यालयका कर्मचारीहरूलाई नै लक्षित गरेर आत्मघाती आक्रमण गराइएको प्रहरीका प्रवक्ता हस्मात स्टानिक्जाइले बताए। रासस

You might also like

Comments are closed.