माघ ९, २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’को फस्ट लुक सार्वजनिक भएको छ । प्रवीण स्याङ्बोको लेखन, निर्देशन गरेको चलचित्रको फष्ट लुक र टिजर एकसाथ रिलिज गरिएको हो ।
लोकल सिनेमा प्रालिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्र ‘कथा ७२’ वर्ष २०७५ को वैशाखमा प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् ।
चलचित्रको सार्वजनिक टिजरमा टिजरमा सिन्धुपाल्चोक प्रशिद्ध उच्च पहाडी क्षेत्र पा“चपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन् । मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ ।
आकाशस“गै सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको चलचित्रको आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन् ।
Comments are closed.