Nepal's First Video FM

नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारण ४ वटा टेलिभिजनमा

878

काठमाडौँ । नेपालमा चार वटा नेपाली च्यानलहरुले आजदेखि सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने भएका छन् ।

नेपालको को सबै भन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हबले फिफा विश्व कप २०१८ को प्रत्यक्ष प्रशारण गर्ने अधिकार प्राप्त गरेको छ ।

मिडिया हबका अनुसार नेपाल टेलिभिजन, कान्तिपुर एचडि, डिशहोम एक्सन् स्पोर्टस् र एनटिभि प्लसद्वारा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुनेछ ।

यस पहलको बारेमा मिडिया हब कार्यकारी निर्देशक सोम धितालले लामो समय देखि फिफा विश्व कपको नेपालमा आधिकारीक इजाजत प्राप्त संस्था बन्न सकेकोमा आफुहरु खुशी रहेको बताउदै विश्व कप फुटबल हेर्न विदेशी च्यानलहरुमा मात्रै निर्भर हुनुपर्ने समय नरहेको बताए । उनले नेपालीहरुले विश्व कप नेपाली एचडि च्यानलहरुमा नै प्रत्यक्ष हेर्न पाउने बताउदै दर्शकहरुको लागि निकालेको ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नारा हाम्रो पहलको लागि सबै भन्दा उपयुक्त रहेको बताए ।

आजदेखि सुरु भएर जुलाई १५ सम्म हुने विश्वकप फुटबलमा विभिन्न ३२ देशले भाग लिदैछन् । जसमा युरोपबाट १४, दक्षिण अमेरिकाबाट ५, एशियाबाट ५, उत्तर अमेरिकाबाट ३ र अफ्रीकाबाट ५ गरि ३२ देश सहभागी हुदैछन् । रसियाका विभिन्न ११ सहरका १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना हुदै छ ।

You might also like

Comments are closed.