Nepal's First Video FM

काठमाडौंमा हिलोसहितको वर्षा

747

काठमाडौं । मौसमबिद्हरुको अनुमान भन्दा केही पछि भए पनि मनसुन त सक्रिय भएको छ । तर मनसुन पछि हिलोको बर्षा भईरहेको काठमाडौबासीले प्रत्यक्ष देखिरहेका छौं ।

काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा शुक्रबार राति पानी पर्‍यो । त्यो वर्षा हिलोसहितको वर्षा थियो । हिलोसहितको बर्षाबारे मौसमविद सुभास रिमालाई सोध्यौ । रिमालले भने “भारतको राजस्थानमा भएको धुलोसहितको हुरीको कारण नेपालको बर्षामा यस्तो प्रभाव परेको हो, यसबारे हामी अझै अनुमान गर्नेछौं । सम्भवत यो नेपालको पहिलो घटना हुन सक्छ । मेरो कार्यकालमा चाँही यस्तो बर्षा भएको पहिलो पटक हो ।”
यो कहिले सम्म हून्छ भन्ने प्रश्नमा रिमालले भने “यसबारे हामिलाई पनि नयाँ घटना भएकोले यतिसम्मनै भन्न हामि सक्दैनौं, हामी यसबारे अनुसन्धान गरिरहेका छौं ।”
भारतका बिभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको कारण सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडाएर नेपालमा हिलो सहितको वर्षा भएको हुन सक्ने रिमालको भनाइ छ ।

You might also like

Comments are closed.