जेरार्ड पिकले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।३१ वर्षीय पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच गोल समेत गरेका छन् । स्पेनले २०१० मा पहिलो पटक विश्वकप जित्दा उनी पनि टिममा थिए । त्यस्तै २०१२ मा युरो कप जित्दा पनि पिके स्पेनिस टिमका महत्वपूर्ण सदस्य थिए ।बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका डिफेण्डर पिके क्याटलान स्वतन्त्रताको पक्षमा लागेको भन्दै बेलाबेला आलोचित पनि हुने गरेका छन् ।

स्पेन रुस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिए लगतै अन्तराष्ट्रिय फुटबल छोड्ने निर्णय लिएका थिए । तर, बाहिर सार्वजनिक गरेका थिएनन् ।

हालै मात्र स्पेनका नवनियुक्त प्रशिक्षक लुइस इनरिकेलाई भेटेर अन्तराष्ट्रिय फुटबल छोड्ने निर्णय जानकारी गराएका छन् ।

स्पेनबाट खेल्दा र विश्वकपसँगै युरोकप जित्दाको समय निकै सुन्दर रहेको भन्दै पिकेले भनेका छन्, अब म बार्सिलोनामा केन्द्रित हुन चाहन्छु ।