गौतम गम्भिरद्वारा क्रिकेट करिअरबाट सन्यासको घोषणा

भारतीय क्रिकेट टिमका पूर्वसदस्य गौतम गम्भिरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै ३७ वर्षीय गम्भीरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका हुन् । ओपनिङ ब्याटिङको भूमिकामा मैदानमा देखा पर्ने गम्भिरले भारतलाई विश्वकप दिलाउन निकै ठूलो भूमिका खेलेका थिए ।

सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भिरले भारतका लागि ५८ टेष्ट, १४७ एक दिवसीय अन्तर्राष्ट्रिय र ३७ टी-ट्वान्टी खेलेका छन् ।गम्भिरले भारतका लागि पछिल्लो पटक सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध टेष्ट क्रिकेट खेलेका थिए ।सन्यास घोषणा गर्दै गम्भिरले भनेका छन्, ‘मैले मेरो राष्ट्रको लागि १५ बर्षभन्दा बढी क्रिकेट खेलेँ । अब सन्यास लिन चाहन्छु ।’