एकै दिन भारतमा २९ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा बुधबार एकै दिन २९ हजारभन्दा बढी संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार २४ घण्टामा २९ हजार ४ सय २९ संक्रमित थपिएका हुन्। योसँगै कूल संक्रमितको संख्या ९ लाख ३६ हजार १ सय ८१ पुगेको छ । यसैगर एक दिनमा ५ सय ८२ जनाको मृत्यु भएको छ।

२८ हजारभन्दा बढी संक्रमित थपिएको यो लगातार चौथो दिन हो।