आजको नागरिक दैनिकको खबर : मन्त्रिपरिषद निर्णयगर्यो निर्णय : ६५ वर्षमै वृद्धभत्ता, भूकम्प पीडितलाई थप १ लाख दिने

माघ १०, सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितलाई घर निर्माणको लागि थप १ लाख दिने निर्णय गरेको बाणिज्यमन्त्री मिन विश्वकर्माले बताए।

यस अघि सरकारले ३ लाख अनुदान रकम दिँदै आएको थियो। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदले बृद्ध भत्ता ६५ वर्ष उमेरमै दिने निर्णय गरेको छ। यस अघि सरकारले ७० वर्षको उमेरमा बृद्ध भत्ता दिँदै आएको थियो। नागरिक दैनिकमा खबर छ ।

नीजि व्यवसायको लागि महिला दलित र विपन्न वर्गका मानिसले १ करोड सम्मको कम्पनी दर्ता गर्दा निशुल्क र त्यो भन्दा माथीको कम्पनी दर्ता गर्दा आधा शुल्कको सहुलियत पनि सरकारले दिने भएको बाणिज्यमन्त्री विश्वकर्माले बताए।