कोरोना भाइरस संक्रमणबाट १७ वर्षीया एक किशोरीको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बाराकी १७ वर्षीया एक किशोरीको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

बारा परवानीपुर वडा नम्बर ८ की ती किशोरीमा कोरोना पोजेटिभ संगै श्वासप्रश्वासलगायत समस्या पनि देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १७ वर्षीय किशोरीको शुक्रबार बेलुकी निधन भएको जानकारी दिए।