अभिनेत्री अनुष्काले जन्माईन् छोरी, विराट कोहलीलाई रहेन खुसीको सिमा !

एजेन्सी, भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ । आज (सोमबार) आफ्नो ट्विटर अकाउन्टमा विराटले छोरी जन्मेको सुखद खबर दिएका हुन् । अनुष्का तथा विराटकी छोरीको जन्म मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा भएको हो।

विराटले सामाजिक संजालमा लेखेका छन्– ‘हामी दुबै जना निकै खुशी छौ। आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छौ। अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।

विराटले आफ्ना र श्रीमती अनुष्काको फ्यानहरुलाई आफुहरु छोरीको आमा बुवा बनेको भन्दै दिएको खुशीको यो समाचारले उनीहरुको फ्यानहरुमा खुशीयाली छाएको छ । विरोटको उक्त स्टेटस्मा उनीहरुका धेरै फ्यानहरुले शुभकामना दिनुका साथै कोभिडको महामारी भएको हुनाले बच्ची र आमाको ख्याल राख्न विराट र उनका परिवारलाई सुझाव पनि दिएका छन् । विराटको यो खुशीको कुरालाई उनका फ्यानहरुले धेरै नै शेयर पनि गरेका छन् । विराट र अनुष्काको विवाह तीन वर्षअघि भएको थियो ।

यसपछि अनुष्काका विभिन्न तस्वीरहरु पनि सार्वजनिक भएका थिए । क्रिकेटर विराट कोहलीले अनुष्कालाई समय दिने भन्दै क्रिकेट खेलबाट केही समयका लागि छुट्टी समेत लिएका छन् ।

हेर्नुहोस बच्चा पाउनु आगाडको सुन्दर तस्बिर ……..