प्रचण्ड–नेपाल समुहको आकस्मिक बैठक शुरु

काठमाडौं – नेकपा प्रचण्ड–माधव समुहको आकस्मिक बोलाइएको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ। स्रोतका अनुसार केही बेर अघि पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ। यस अघि भने पार्टीको स्थायी समिति बैठक बसेको थियो।

बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकता ल्याउनका लागि निर्देशन दिइएको थियो। आधिकारिकताको लागि निर्वाचन आयोगमा जाने प्रयोजनका लागि प्रचण्ड(नेपाल पक्षले नागरिकता संकलन गरेको हो । त्यस्तै आजको बैठकले निर्वाचन आयोग जाने वा नजाने भन्ने विषयमा छलफल हुने बताइएको छ।