निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई ओली समूहको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले निर्वाचन आयोगलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ। शुक्रबार सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आयोग पुगेको ओली समूहले कुनै पक्षले प्रश्न उठाउँदैमा निर्वाचन प्रभावित नहुने भन्दै आयोगले आफ्ना काम नियमित गर्न अग्रह गरेको हो।

प्रचण्ड–नेपाल समूहका नेताहरुले भने अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ।

ओली समूहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने उनीहरुले बताएका छन्। ‘दल दर्ता अगाडि बढाउनुस्, हामी प्रामिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ छलफलपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुलाई भने, ‘आयागले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ।’