आज विश्व रेडियो दिवस, रेडियोकर्मी अर्बौँ श्रोतालाइ शुभकामन

आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् ।

रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । नेपालमा खास गरी १० वर्षे  सशस्त्र द्वन्दका बेला नेपालका रेडियोहरूले पुर्‍याएको योगदान र शान्ति प्रक्रियामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ । देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रसारण अहिले पनि उत्तिकै लोकप्रिय छ ।

आज सामुदायिक रेडियोहरूको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघले विभिन्न कार्यक्रम गरी रेडियो दिवस मनाउन लागेको छ । दिवसका अवसरमा अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरिएको सामुदायिक सूचना नेटवर्क (सीआइएन)का सम्पादक लक्ष्मण कार्कीले जानकारी दिए ।

नेपालमा भने वि.सं. २००२ सालमा काठमाडौंमा रेडियोको प्रसारण सुरु गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो ।

एफएम रेडियोको प्रसारण भने २०५२ सालपछि सुरु भएको हो । विश्वमा भने व्यावसायिक रेडियो प्रसारण सुरु भएको करिब एक शताब्दी नै बितिसकेको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

रेडियो एउटा यन्त्र या साधन मात्र नभई एउटा विश्वास पनि हो ।