१० मंसिर, काठमाडौं । टिकट लिनको लागि घण्टौ सम्म लाइनमा बसेर टिकट लिनु पर्ने समस्या अब सकिएको छ ।
घरमै बसेर अनलाइन बाटै टिकट काट्न सकिने ,अनलाइनबाट नै रकम भुक्तानी गर्न सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने मेरो यात्रा डट कम डट एनपी ले नयाँ सेवाको सुरुवात गरेको छ ।
मेरो यात्रा डट कम मा गएर आफूलाई आवश्यक परेको बेला तत्कालै विभिन्न प्रकारका सवारी साधनहरू पनि रिर्जब गर्न सकिने यसका संचालक उमेश खड्काले बताए ।
समय सापेक्ष र प्रविधिकाे प्रयाेग गर्दै सरल र सहज रूपमा यात्रुहरू र व्यवासायीहरूलार्इ यसले सहयाेग पुग्नुका साथै झन्झटबाट पनि मुक्त हुने संचालक खड्काकाे दावी छ ।
यात्रुहरूलार्इ लामाे दुरीकाे यात्राकाे लागी लाइन बस्नु नपर्ने, ठगिनबाट जेगिने र सजिलै टिकट बुकिङ गर्न र रिजर्व गर्न यसबाट सकिने छ ।
त्यसका लागी यात्रुहरुले नजिकैकाे साइवर, कम्युनसकेशन, ट्राभल एजेन्सी तथा अाधिकारीकता प्रप्त टिकट काउन्टरहरू तथा www.meroyatra.com.np बाट घरमा नै बसि बसि टिकट खरिद गर्न सकिने छ ।
संचालक खड्काकाे अनुसार अब केहि समय पछि मेराे यात्रा माेवाइल एप पनि कंपनिले सार्वजनिक गर्नेछ । निकट भविष्यमा अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङसंग सहकार्य गरि रकम भुक्तानी गर्न मिल्ने याेजना रहकाे खड्का बताउछन ।
Comments are closed.