Nepal's First Video FM

पूर्ववनमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

467

विशेष अदालतमा पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।

पूर्वमन्त्री पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक समेत हुन् । यस मुद्धामा आयोजनाका तत्कालीन प्रमुखहरु दिलिपबहादुर कार्की, रमेश बस्नेत र सरोजचन्द्र पाण्डित विरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, प्रकाशबहादुर कार्की, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे र वीरसिंह धामीलाई पनि विपक्षी बनाइएको छ ।

यता सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सिक्टा सिँचाइ आयोजनाको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जेभीले पाएको थियो । गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले सीटीसीईका प्रतिनिधि युवराज क्षेत्री र कालिकाका प्रमुख विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । news24

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.