फागुन २१, प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकतामा कुनै धोका नहुने बताएका छन् ।
झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा सोमबार नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन आफु दृढ संकल्पित रहेको बताए ।
उनले शहीदको योगदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उनीहरुको आकांक्षा अनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधिअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरु रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा लगी हत्या गरेको थियो ।
Comments are closed, but trackbacks and pingbacks are open.