चितवन । वर्सेनि बर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थाल्छ । यसवर्ष पनि बर्षात् सुरु भएसँगै यो सडकखण्डमा पहिरो खस्न थालेको छ ।
अनि, यो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुले विगतमा जस्तै सास्तीको सामना गरिरहनु परेको छ । सडकखण्डको चारकिलोमा बिहीबार खसेको पहिरो हटाइनसक्दै फेरि पहिरो खसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले भने– ६/७ घण्टा लगाएर पहिरो हटाइयो, फेरि उत्रै पहिरो खसिहाल्यो । पहिरो पन्छाउन अझै केही समय लाग्ने भयो ।
Comments are closed.