काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् ।
बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ र विपक्षमा ५ मत परेको हो । ९३ सदस्य रहेको प्रदेशसभा बैठकमा बुधबार ९१ सांसद उपस्थित रहेका थिए ।
Comments are closed.