Nepal's First Video FM

सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार

9

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको एक चरणको बयान सकिएको जनाएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबार र बिहीबार महरासँग बयान लिइएको थियो । महराले सुन प्रकरणमा आफू निर्दोश रहेको बयान दिएका छन् ।

भन्सारमा अड्किएको इलेक्ट्रिक सिगरेट–भेप छुटाउन महराको मोबाइलबाट फोन गएको देखिएपछि उनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने भएपनि सीआईबीले त्यतिबेला ल्याएको थिएन ।

महराले सुन प्रकरणमा आफ्नो संलग्ना अस्वीकार गरेका छन् । बिहीबार सरकारी वकिल कार्यालयमा भएको बयानमा उनले संलग्नता अस्वीकार गरे । सीआईबीले आज पनि बयान लिइएको थियो । सरकारी वकिलको कार्यालयका एक अधिकृतले एक चरणको बयानको काम सकिएको र अब थप आवश्यक प्रक्रिया सीआईबीले अघि बढाउने बताए ।

You might also like

Comments are closed.