Nepal's First Video FM

शेखर कोइरालाको कांग्रेस बैठकमा आक्रोश – एमालेलाई प्रधानमन्त्री किन दिएको ? मलाई कारबाही गर्न खोजेको हो ?

7

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि जनाएका छन्। जारी पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भनेको बताए।

उनले अहिले एमालेसँग सरकारमा छौँ । त्यति बेला के कारणले माओवादीसँग गठबन्धन गर्‍यौँ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चित बुझ्ने जवाफ दिनुपर्छ ।’

उनले पार्टीको महाधिवेशनको २०८२ सालको मंसिर महिनाभित्रै हुनुपर्ने बताए।

You might also like

Comments are closed.